काठमाडौँ । रिपब्लिकन राष्ट्रपति पदका उम्मेदवार निक्की हेलीले सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पलाई भोट दिने बताएकी छन् । हेली ट्रम्प प्रशासनमा संयुक्त राष्ट्रसंघका लागि अमेरिकी स्थायी प्रतिनिधि थिइन् ।
उनी मार्चको सुरुमा रिपब्लिकन पार्टीको राष्ट्रपति पदको उम्मेदवारीको दौडबाट बाहिरिएकी थिइन् ।जब उनी यो दौडबाट बाहिर थिइन्, उनले ट्रम्पलाई समर्थन गरेकी थिइनन् । यद्यपि उनले ट्रम्पले आफ्ना लाखौं समर्थकको विश्वास जित्ने प्रयास गर्नुपर्ने बताएका थिए ।
बुधवार निक्की हेलीले ट्रम्प राष्ट्रपतिको रूपमा पूर्ण नभएको तर राष्ट्रपति जो बाइडेन विनाशकारी राष्ट्रपति भएको बताइन् । सुरुमा निक्की हेलीले ट्रम्पका लागि समस्या खडा गर्न सक्छिन् भन्ने लाग्थ्यो तर त्यसो भएन । बाइडेनले हेलीका समर्थकहरूलाई जित्ने प्रयास गरेका थिए ।
हेलीका समर्थकहरूमा उदारवादी र स्वतन्त्र मतदाता छन् । यो त्यो वर्ग हो जसले लोकतान्त्रिक पार्टीको चुनावको दिशा बदल्न सक्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, १० जेठ २०८१, ११ : ०८
लेखकबाट थप