मुक्तिनाथ विकास बैंकले गर्‍यो इलाम र महोत्तरीमा वृक्षारोपण

सफल खबर संवाददाता

बुधबार, ०९ जेठ २०८१, १४ : ३३
मुक्तिनाथ विकास बैंकले गर्‍यो इलाम र महोत्तरीमा वृक्षारोपण

काठमाडौँ। ​​मुक्तिनाथ विकास बैंक लिमिटेडले इलाम र महोत्तरीमा वृक्षारोपण गरेको छ ।आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत इलाम नगरपालिकाको चियाबारी–०७ र पाटेनागी – ०१ मा करिब २५० वटा विरुवा रोपिएको बैंकले जनाएको छ ।

यस्तै, महोत्तरीको बर्दिबास नगरपालिकाको किसन नगर–०६ मा १०० वटा कागतीका विरुवाहरूको रोपिएको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिए ।उनका अनुसार यस अभियानले वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तनविरुद्ध लड्न योगदान पुग्ने बैंकको विश्वास छ ।

 

कार्यक्रममा बैंकका कर्मचारी, अभियानकर्ता तथा स्थानीय नगरबासीहरूको उपस्थिति थियो ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरि रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाइल बैंकिङ्ग, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस