हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र परराष्ट्रमन्त्रीको मृत्यु

एजेन्सी

सोमबार, ०७ जेठ २०८१, १० : २१
हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति र परराष्ट्रमन्त्रीको मृत्यु

एजेन्सी । हेलिकोप्टर दुर्घटनामा इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ।

राष्ट्रपति रइसी बोकेको हेलिकप्टर दुर्घटनामा परेको र त्यहाँ केही पनि जीवित व्यक्ति फेला नपरेको इरानी समाचार एजेन्सी मेहरले जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

सिएनएनका अनुसार दुर्घटनास्थलमा इरानका राष्ट्रपति इब्राहिम रइसीलाई बोकेको हेलिकप्टरको दुर्घटनास्थलमा कुनै जीवित व्यक्ति नभेटिएको जनाएको छ। पूर्व न्यायपालिका प्रमुख रइसी इरानको आठौं राष्ट्रपतिका रूपमा २०२१ मा निर्वाचित भएका थिए।

आइतबार इरानी राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्री होसेन अमिर अब्दुल्लाहियान चढेको हेलिकप्टर सम्पर्कविहीन भएकाे थियाे। घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया दिनुहोस