प्रदेश राजधानी हेटौँडामै उपयुक्त : मुख्यमन्त्री पौडेल

मंगलबार, ०९ असोज २०७५, ०९ : ४४
प्रदेश राजधानी हेटौँडामै उपयुक्त : मुख्यमन्त्री पौडेल

हेटौँडा । प्रदेश नं. ३ का मुख्यमन्त्री डौरमणि पौडेलले हेटौँडाबाट प्रदेशको राजधानी मकवानपुरको हेटौँडामै उपयुक्त भएपनि राजधानी सार्न चलखेल र षड्यन्त्र भइरहेको बताउनुभएको छ । 

न्यू क्लब हेटौँडाको उद्घाटन गर्दै उहाँले आर्थिक, प्रशासनिक, औधोगिक रुपमा विकासको वातावरण भएको हेटाँैडामा राजधानी अत्यन्त उपयुक्त रहेको बताउँदै अब राजधानी सार्नु उपयुक्त नभएको जिकिर गर्नुभयो । 
हेटौँडाबाट राजधानी सार्दा यहाँ विस्तार भइसकेका पूर्वाधार नरहने भएकाले ठूलो रकम खर्च हुने पनि उहाँको तर्क थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस