काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल महाधिवेशनको तयारीमा जुटेको छ । महाधिवेशनको प्रतिनिधि चयन गर्ने काम धमाधम भइरहेको छ । जेठ १० गतेभित्र एक हजार महाधिवेशन प्रतिनिधि चयन गरिसक्नु पर्ने कार्यकारिणी समितिले निर्णय गरिसकेको छ ।
महाधिवेशनबाट १५१ सदस्यीय कार्यकारिणी समिति चयन हुनेछ । जसमा अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ३, महासचिव १, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरी १७ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित हुने पार्टीका प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
यद्यपि जेठ १ गते सम्पन्न केन्द्रीय समितिको बैठकले केन्द्रीय समिति सदस्यको सङ्ख्या बढाउने निर्णय गरेको छ । त्यसका लागि विधान संशोधन गर्नुपर्छ । विधान संशोधनको प्रस्ताव महाधिवेशनमा लगिनेछ । केन्द्रीय समितिमा कति सदस्य थप्ने निर्णय त्यहाँबाट हुने उनले बताए ।
जसपा नेपालले महाधिवेशनबाट आदिवासी जनजाती, मधेसी, खस क्षेत्री र ब्राह्मण, थारु, दलित, मुस्लिम, अपाङ्गता भएका र अल्पसङ्ख्यक गरी सात वटा सामाजिक समूहहरूबाट केन्द्रीय समितिमा समावेश गरिनेछ ।हरेक समूहबाट ३३ प्रतिशत महिला र ४० प्रतिशत युवा निर्वाचित हुने चयन हुने बताइएको छ ।
यसरी निर्वाचन गर्दा आदिवासी जनजाति समूहबाट ३० जना, मधेसी समूहबाट १६ जना, खस क्षेत्री र ब्राह्मण समूहबाट ३३ जना, थारुबाट ६ जना, दलितबाट १४ जना, मुस्लिमबाट ४ जना अपाङ्गता भएका र अल्पसङ्ख्यक समूहबाट ३ जना निर्वाचित गरिने हुने जसपा नेपालले जनाएको छ ।यसरी सामाजिक समूहबाट ३५ जना महिला र ४२ जना युवा निर्वाचित हुने छन् ।
जसपा नेपालले सामाजिक समूहबाट १०६ र खुल्ला प्रतिस्पर्धाबाट ४५ गरी १५१ सदस्यीय केन्द्रीय समिति निर्वाचित गर्ने हुने प्रावधान राखिएको छ । जसपाको महाधिवेशन आगामी जेठ २८ गतेदेखि जनकपुरमा हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ जेठ २०८१, १२ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्यो ६७ बुँदे निर्णय (सूचीसहित)
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन : मनिष सुमन
जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना
महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक