काठमाडौँ । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समितिको बैठक सुरु भएको छ । आजबाट सुरु भएको बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय, पार्टीको सङ्गठन सुदृढीकरणलगायत विषयमा छलफल हुने जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।
बैठकमा वर्तमान राष्ट्रिय राजनीतिक सन्दर्भमा पार्टीको भूमिका, पार्टीको वैचारिक एवं सैद्धान्तिक अवधारणा तथा संविधान संशोधनको आवश्यकता र अपरिहार्यताका सम्बन्धमा छलफल हुने बताइएको छ ।
साथै एकताको राष्ट्रिय महाधिवेशनले तय गरेको पार्टीको वैचारिक, सैद्धान्तिक, अवधारणा, वर्तमान राष्ट्रिय राजनीतिक अवस्थाबारे समेत बैठकमा छलफल हुने बताइएको छ। वर्तमान भूराजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध बैठकको कार्यसूची रहेको छ । बैठक साउन ३० गतेसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ साउन २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्यो ६७ बुँदे निर्णय (सूचीसहित)
जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन : मनिष सुमन
जसपा विभाजन : प्रदेश र स्थानीय प्रतिनिधिलाई सनाखतका लागि २१ दिने सूचना
महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक