काठमाडौँ । निर्वाचन आयोगले नवगठित जनता समाजवादी पार्टी नेपाल(जसपा) का प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई सनाखत गरेर कित्ता छुट्टयाउन २१ दिने सूचना जारी गरेको छ ।
निर्वाचन आयोगले मंगलबार सूचना जारी गर्दै जसपा नेपालका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य तथा स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखतका लागि प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा उपस्थित हुन भनेको हो ।आयोगको सूचना अनुसार नयाँ दल दर्ताको २१ दिन अर्थात् जेठ १३ गतेभित्र सनाखत गरिसक्नुपर्नेछ ।
सनाखतका लागि आयोग कार्यालय जाँदा आफू निर्वाचित भएको सक्कल प्रमाणपत्र र नेपाली नागरिकताको सक्कल प्रमाणपत्र पनि लैजानुपर्नेछ ।
निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावलीको नियम ५ बमोजिम अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) लाई सोमबार नयाँ दल दर्ताको प्रमाण पत्र दिइसकेको छ । राईसँग ७ जना सांसद र ३० जना केन्द्रीय सदस्य छन् भने प्रदेशसभामा २२ जना निर्वाचित छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १२ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपाल केन्द्रीय समिति बैठकले गर्यो ६७ बुँदे निर्णय (सूचीसहित)
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपाल केन्द्रीय समितिको नामावली सार्वजनिक (सूचीसहित)
महाधिवेशनबाट यस्तो बन्दै छ जसपा नेपालको कार्यसमिति
‘समाजवादी मोर्चाको कुनै औचित्य छैन : मनिष सुमन
महाधिवेशनबारे छलफल गर्न जसपा केन्द्रीय प्रचार विभागको बैठक