एजेन्सी । साविक विजेता चेन्नाई सुपर किंग्सलाई हराउँदै रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको प्ले–अफमा पुगेको छ ।
शनिबार राति भएको खेलमा चेन्नाईलाई २७ रनले पराजित गर्दै बेंगलोरले यस सिजनको आईपीएलको प्ले–अफ यात्रा तय गरेको छ । यो हारसँगै चेन्नाई भने प्रतियोगिताबाट बाहिरिएको छ ।
बेंगलोरको जीतमा कप्तान फाफ डू प्लेसिसले अर्धशतकीय पारी खेले । उनले ३९ बलमा ५४ रन बनाए । यस्तै पूर्वकप्तान विराट कोहलीले र रजत पडिदारले पनि ब्याट महत्त्वपूर्ण योगदान दिए ।
कोहलीले ४७ तथा पडिदारले ४१ रन जोडे । चिन्नस्वामी रंगशालामा पहिले ब्याटिङ गर्दै घरेलु टोली बेंगलोरले आठ विकेटको क्षतिमा २१८ रन बनाएको थियो ।
जवाफमा चेन्नाईले सात विकेट गुमाउँदै १९१ रन मात्र बनाउन सक्यो । दुवै टोली समान १४ अंकमा रहे पनि बेंगलोरले रन रेटको आधारमा प्ले–अफ पुगेको हो ।
प्ले–अफ पुग्नका लागि बेंगलोरले लगातार ६ खेल जितेको हो । अब बेंगलोरले बुधबार इलिमिनेटर खेल्नेछ । यसअघि कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदराबादले प्ले–खेल्ने निश्चित भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०६ जेठ २०८१, ०७ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल : अभिषेकको शतकमा हैदरावादको सानदार जित, पञ्जाब आठ विकेटले पराजित
आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित
आईपीएल: मुम्बईलाई पराजित गर्दै बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा
आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी
आईपीएल: पञ्जाबमाथि राजस्थानको शानदार जित