धनगढी । विकास विष्टलाई एकवर्षका लागि नमुना युवा मुख्यमन्त्री निर्वाचित गर्दै सुदुरपश्चिम प्रदेश नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय युवा परिषदको सशर्त अनुदानमा सुदुरपश्चिम प्रदेश युवा परिषदद्वारा सञ्चालित कार्यक्रम शनिवार समापन भएको हो।
समापन समारोहमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले युवाहरुलाई मुलुकको शासकीय प्रणाली , संसदीय आचरण , संवैधानिक अन्तर्वस्तु , कानुन निर्माण प्रक्रिया लगायतका विषयमा जिवन्त अभ्यास गराउंदै नेतृत्व विकास गर्न नमुना युवा संसद आयोजना गरिएको वताए।
बस्नेतले युवाहरुलाई नीति निर्माण तहदेखि कार्यान्वयन तहसम्म अधिकत् सहभागी वनाउनुपर्ने वताए। वस्नेतले आगामी दिनमा युवामैत्री मात्र नभएर युवायक्त शासन हुनुपर्ने वताए। सुदुरपश्चिम प्रदेशका ९ वटा जिल्लामा भएका नमुना नगररगांउ सभावाट छानिएर आएर सहभागी विच प्रदेश स्तरीय नमुना संसद सञ्चालन भएको सुदुरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष युवराज कुंवरले वताए।
सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियांद्वारा गत वुधवार उद्घाटन गरिएको प्रकाश उपाध्याय मुल प्रशिक्षक रहेको नमुना संसदमा अमृता विश्वकर्माले प्रदेश प्रमुख , शुष्मा खड्काले सभामुख र दिपक विकले विपक्षी दलको भुमिका निर्वाह गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०५ जेठ २०८१, १६ : ४९
लेखकबाट थप