काठमाडौ । सरकारले गत वैशाख २७ गते ६० सहसचिवको सरुवा ग¥यो। वैशाख १३ मा दुई सचिव र २८ सहसचिवको सरुवा गरेको छ ।
त्यसअघि चैत ३० गते पाँच सचिव, १५ चैतमा ११ सचिव र ८ चैतमा दुई सचिव तथा पाँच जना सहसचिवको सरुवा गरेको छ ।
गत चैत र वैशाख महिनाभरमा मात्रै सरकारले शाखा अधिकृतदेखि सचिवसम्म अन्तरमन्त्रालय, प्रदेश सरकार र स्थानीय तहमा गरी चार सय जनाभन्दा बढी कर्मचारी सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
यसरी जुनसुकै बेला पनि कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता आउने विज्ञहरूको धारणा छ । पूर्वसचिव पूर्णचन्द्र भट्टराईले सरकारले बाह्रमासे कर्मचारी सरुवा गर्दा प्रशासनिक अस्थिरता र सेवा प्रवाह प्रभावित हुन थालेको बताए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, ०५ जेठ २०८१, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
सात जिल्लाका सिडिओसहित १३ अधिकारीहरूको सरुवा (सूचीसहित)
गृह मन्त्रालयले गर्यो ६ जिल्लाका सिडिओ परिवर्तन (सूचीसहित)
१३ शाखा अधिकृतको सरुवा, ६ जनालाई गाउँपालिका पठाइयो (सूचीसहित)
७५ डिएसपीको सरुवा, को-कहाँ ?
नेपाल प्रहरीका दुई डीएसपीको काज सरुवा