टेक्सास । अमेरिकाको टेक्सस र लुइजियानामा बिहीबार अबेर रात र शुक्रवार बिहान आएको विध्वंसकारी आँधी र मुसलधारे वर्षाका कारण कम्तीमा ४ जनाको मृत्यु भएको छ । बाढीका कारण सडकहरू डुबानमा परेको छ भने १० लाखभन्दा धेरै घर र व्यवसायहरूमा बिजुलीको पहुँच ठप्प भएको छ ।
शुक्रवार गल्फ कोष्ट क्षेत्रमा थप बाढीको चपेटामा आउन सक्ने बताइएको छ । रुख ढल्दा दुई जनाको मृत्यु भएको बताइएको छ । क्रेन दुर्घटना हुँदा अर्का एक जनाको मृत्यु भएको थियो ।
आँधीबेहरीका कारण ह्यूष्टनमा कयौँ भवनमा क्षति पुगेको छ । टेक्ससमा ९ लाख ३४ हजार घर र व्यवसाय बिजुली बिना बस्नु परेको छ । लुइजियानामा पनि यो सङ्ख्या १ लाख ६६ हजार हाराहारी भएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १५ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिरियाबाट एक हजार सैनिक फिर्ता गर्ने अमेरिकाको तयारी
अमेरिकाले चीनलाई लाएको भन्सार कर २४५ प्रतिशत पुर्याउने
दर्ताबिना ३० दिन बढी अमेरिका बसे जेल र देश निकालासम्मको सजाय
ट्रम्प नीतिविरुद्ध यसरी सुरु भयो अमेरिकाभर ‘ह्यान्डस अफ’ आन्दोलन
अमेरिकामा टिकटकको म्याद ७५ दिन थप, प्रतिबन्धबाट बच्न बेच्न आवश्यक
अमेरिका र रुसबीच युक्रेनबारे साउदी अरबमा वार्ता सुरु