बुटवल । लुम्बिनी प्रदेशमा अघिल्लो वर्षको तुलनामा यो वर्ष चैते धान रोपाइँको क्षेत्रफल घटेको छ । गत वर्ष ३ हजार ३८ हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष २ हजार ६७७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको प्रदेश कृषि निर्देशनालय बुटवलले जनाएको छ ।
निर्देशनालयका कृषि अर्थ विज्ञ एवं सूचना अधिकारी डिल्लीराज पौडेलले गतवर्ष भन्दा यो वर्ष चैते धान खेतीको क्षेत्रफल ४११ हेक्टर कम भएको बताए । प्रदेशका १२ जिल्लामध्ये रोल्पा र रुकुम बाहेक सबै जिल्लामा चैते धान हुने गर्दछ ।
प्रदेशमा सबैभन्दा धेरै चैते खेती बर्दियामा हुन्छ । बर्दियामा गत वर्ष एक हजार ४५० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष एक हजार २०१ हेक्टरमा मात्र रोपाइँ भएको छ।पाल्पामा गत वर्ष ७ सय हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा यो वर्ष घटेर ६३० हेक्टरमा सीमित भएको छ । गुल्मी जिल्लामा गत वर्ष ३४० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएको थियो भने यो वर्ष ३१९ हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ भएको छ ।
निर्देशनालयका अनुसार अर्घाखाँचीमा गत वर्ष २०० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले १७० हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ भएको छ । प्युठानमा गत वर्ष ४० हेक्टरमा चैते धान खेती भएकोमा अहिले ५५ हेक्टरमा रोपाइँ भएको छ ।
यस्तै रुपन्देहीमा गत वर्ष ६० हेक्टर क्षेत्रफलमा चैते धान खेती भएकोमा अहिले ५४ हेक्टरमा रोपाइँ भएको छ । कपिलवस्तुमा गत वर्ष १० हेक्टरमा चैते धान खेती भएकोमा यो वर्ष ५ हेक्टरमा मात्रै रोपाइँ भएको छ ।
नवलपरासीमा गत वर्ष ५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएकोमा यो वर्ष ७ हेक्टरमा रोपाइँ भएको छ भने दाङ जिल्लामा गत वर्ष १९८ हेक्टरमा चैते धान खेती भएको थियो। दाङमा यो वर्ष २ सय हेक्टरमा चैते धान लगाइएको छ ।
बाँके जिल्लामा गत वर्ष ३५ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको थियो । यो वर्ष भने ३६ हेक्टर क्षेत्रफलमा चैते धान लगाइएको निर्देशनालयले जनाएको छ ।
प्रदेश कृषि निर्देशनालयका बाली विज्ञ विवेक पन्थले चैत महिनाको पहिलो हप्तादेखि तेस्रो हप्ता रोपिने चैते धानका लागि लुम्बिनी प्रदेशमा हर्दिनाथ, चैते ५, चैते २, चैते ६ नामको बिउ किसानले प्रयोग गरेको बताए ।
बबई सिँचाइ आयोजना मर्मत कारणले बर्दिया जिल्लामा गत वर्षको तुलनामा चैते धान रोपाइँको क्षेत्रफल घटेका कारण समग्र प्रदेशमै यो वर्ष चैते धान खेतीको क्षेत्रफल घटेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ जेठ २०८१, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी