काठमाडौँ । नवगठित जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष अशोक राईले आफ्नो पार्टीको सम्बन्धमा सर्वोच्च अदालतले दिएको आदेश न्यायोचित भएको बताएका छन्।बिहीवार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष राईले यस्तो प्रतिक्रिया दिएका हुन् ।
केही दिन अघि राईले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपाल फुटाएर जनता समाजवादी पार्टी गठन गरेका थिए । राई नेतृत्वको जसपालाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिएपछि यादवले पार्टी गठन अवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्च अदालतले हाललाई जसपा गठनको सम्बन्धका काम, कारबाहीलाई यथावत राख्न बुधबार आदेश दिएको थियो । उनले निवेदकले माग गरे अनुरुपको आदेश सर्वोच्च अदालतले नगरेको भन्दै आफूहरुको पार्टी अवैधानिक रहेको भन्ने स्थिति नरहेको बताए ।
यसैबिच अध्यक्षले सर्वोच्च अदालतले गरेको अल्पकालीन अन्तरिम आदेशको बारेमा भ्रम फैलाउने काम भइरहेको बताएका छन् ।
राईले विज्ञप्ति जारी गरी अदालतबाट भएको अल्पकालीन आदेशको विषयको गाम्भीर्यता नबुझी सो मुद्दाका सम्बन्धमा अनर्गल प्रचारबाजी गर्नु असान्दर्भिक रहेको टिप्पणी गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
व्यवस्थालाई चोट लाग्न दिनुहुँदैन : अशोक राई