काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि दलका प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन् । संसद् भवन नयाँ बानेश्वरस्थित सभामुखको कार्यकक्षमा प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् ।
संसदमा जारी गतिरोध अन्त्यका लागि कार्यव्यवस्था परामर्श समितिको बैठकअघि सहमति जुटाउन सभामुखले प्रयास थालेका हुन् । सभामुखले बोलाएको छलफल सुरु हुन लागेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
आज ११ बजेका लागि बैठक बोलाए केही ढिलाइ हुने भएको छ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीको विषयमा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने अडान लिइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०३ जेठ २०८१, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख देवराज घिमिरे उज्वेकिस्तान प्रस्थान
संसद् अवरुद्धबारे सभामुखद्वारा प्रमुख सचेतकहरूसँग छलफल
सभामुखको सचिवालयले भन्यो– प्रधानमन्त्रीले जवाफ दिने सूचना छैन
संसदमा विचाराधीन विधेयकहरू शीघ्र टुंग्याउँछौँः सभामुख घिमिरे
नेपाल- चीनबिच पारस्परिक हितका क्षेत्रमा थप लगानी गर्न आवश्यक छ : सभामुख घिमिरे
सशक्त प्रेस लोकतन्त्रको आधारभूत सिद्धान्त : सभामुख घिमिरे