काठमाडौं। नेपाली मदिरा ‘खुकुरी रम’ तथा न्यूड भोड्काको उत्पादक ‘दि नेपाल डिस्टीलरिज’ले काठमाडौं महानगरपालिका वडा नम्बर १६ को बालाजुस्थित सडकमा पोल तथा सडकबत्ती जडान गरेको छ ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्वअन्तर्गत सडकलाई थप सुरक्षित बनाउन र सो क्षेत्रको सौन्दर्यीकरणका लागि सहयोग गरिएको कम्पनीले जनाएको छ ।सडकबत्तीको व्यवस्था भएसँगै बालाजु सडक क्षेत्र उज्यालो भएको छ ।
व्यवस्थित सडकबत्तीले सो क्षेत्रको सौन्दर्य र सुरक्षामा समेत अभिवृद्धि गर्ने कम्पनीको विश्वास छ ।स्थानीय समुदाय यस पहलबाट धेरै लाभान्वित भएका छन् । खुकुरी रमको उत्पादक दि नेपाल डिस्टीलरिजका महाप्रबन्धक सुभाष लामिछानेले यो कार्यले कम्पनी र स्थानीयबीच सम्बन्ध प्रगाढ बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
‘सामुदायिक प्रतिनिधिको हैसियतमा बालाजु सडक क्षेत्रमा हाम्रो सहयोगमा पोलसहितका सडकबत्ती जडान भएको देखेर हामी खुशी छौं । यस पहलले निः सन्देह यस क्षेत्रको सौन्दर्य र सुरक्षा बढाउनेछ', उनले भने, हामीलाई विश्वास छ कि यसले हाम्रो उद्योग समेत रहेको क्षेत्रका बासिन्दाका लागि थप जीवन्त र स्वागतयोग्य वातावरण सिर्जना गर्नेछ। हामी यसको सकारात्मक प्रभावको अपेक्षा पनि गर्दछौं ।’
वडा नम्बर १६ का कार्यवाहक वडाध्यक्ष पुष्प महर्जनले दि नेपाल डिस्टीलरिजको सहयोगप्रति आभार प्रकट गरे ।नेपाल डिस्टिलरिज प्राइभेट लिमिटेड सन् १९५९ मा स्थापित पहिलो नेपाली डिस्टिलरी हो । आइएसओ ९००१ः २०१५ प्रमाणित कम्पनीले नेपालमा विश्वभर सर्वाधिक रुचाइने खुकुरी रम उत्पादन गर्दछ ।
यसबाहेक न्यूड भोड्का, कर्द, एरिस्टोक्र्याट लगायतका स्पिरिट पनि उत्पादन गर्दै आएको छ ।खुकुरी रम स्वदेशमा नेपालभर उपलब्ध छ भने जापान, दक्षिण कोरिया, हङकङ, इटाली, संयुक्त राज्य अमेरिका र दुबई लगायतका विदेशमा निर्यात गरिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ जेठ २०८१, ११ : ५५
लेखकबाट थप