म्यानचेस्टर युनाइटेडले पहिलोपटक जित्यो महिला एफए कपको उपाधि

एजेन्सी

सोमबार, ३१ बैशाख २०८१, ०८ : ०९
म्यानचेस्टर युनाइटेडले पहिलोपटक जित्यो महिला एफए कपको उपाधि

एजेन्सी । म्यानचेस्टर युनाइटेडले पहिलो पटक महिला एफए कपको उपाधि जितेको छ। 

आइतबार राति वेम्बेली स्टेडियममा भएका फाइनलमा टोटनहम हट्सपुरमाथि ४–० को फराकिलो जित दर्ता गर्दै युनाइटेडलले पहिलो पटक महिला एफए कपको उपाधि उचालेको हो। 

युनाइटेडले उपाधि जित्दा लुसिया ग्रासियाले दुई तथा इला टोनी र रसेल विलियम्सले समान एक गोल गरे। 

पहिलो हाफको इन्ज्युरी समयमा इला टोनीको गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। 

खेलको ५४ औँ मिनेटमा विलियमको गोलमा युनाइटेडले अग्रता दोब्बर पार्‍याे। त्यसको तीन मिनेटमा नै लुसियाको गोलमा युनाइटेडले ३–० को आरामदायी अग्रता बनाएको थियो। 

७४ औँ मिनेटमा लुसियाले व्यक्तीगत दोस्रो गोल गर्दा टोलीका लागि चौथो गोल रह्यो। 

दोस्रो पटक एफए कपको फाइनल खेलेको युनाइटेडलले पहिलो उपाधि जितेको हो। यसअघि अघिल्लो सिजन चेल्सीसँग पराजित हुँदै युनाइटेड उपविजेतामा सिमित बनेको थियो।