सभामुख घिमिरेले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

सफल खबर संवाददाता

आइतबार, ३० बैशाख २०८१, १० : ५८
सभामुख घिमिरेले बोलाए संसदीय मामिलामन्त्री र सचेतकको बैठक

काठमाडौं। सभामुख देवराज घिमिरेले कानून, न्याय तथा संसदीय मामिलामन्त्री, प्रमुख दलका मुख्य-प्रमुख सचेतक र सचेतकको बैठक बोलाएका छन् ।नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न उक्त बैठक बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

बैठक आइतबार दिउँसो २ बजे सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्नेछ । 

प्रतिक्रिया दिनुहोस