पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन

सफल खबर संवाददाता

शनिबार, २९ बैशाख २०८१, १३ : ३८
पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय अखिल नेपाल ब्याडमिन्टन संघ गठन

काठमाडौं। नेपाल ब्याडमिन्टन संघका कोषाध्यक्ष तिलक पाण्डेको अध्यक्षतामा अखिल नेपाल ब्याडमिन्टन संघ गठन भएको छ ।

सत्तारुढ दल नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन, अखिल नेपाल खेलकुद महासंघ अन्तर्गत संघको गठन गरिएको हो । राजधानीमा शुक्रवार सम्पन्न भेलाले पाण्डेको अध्यक्षतामा ४३ सदस्यीय संघ गठन गरेको हो ।

अध्यक्ष पाण्डेका अनुसार संघको उपाध्यक्षमा रुद्र थिङ र गीता शाही, महासचिवमा बेनुप खत्री, सचिवमा किशोर भट्ट र कोषाध्यक्षमा प्रकाश ढकाल चयन भएका छन् ।केन्द्रीय सदस्यमा ४ जनालाई पछि चयन गरिने उनले जानकारी दिए ।

ब्याडमिन्टन खेलमा योगदान पुर्‍याएका एक जनालाई पूर्ण बैठकले उपमहासचिव बनाउने अध्यक्ष पाण्डेले जानकारी दिए ।यसैगरी भेलाले प्रदेश संयोजकहरू पनि तोकेको छ।

जसअनुसार कोशीमा प्रकाश राई, मधेशमा विष्णु यादव, बागमतीमा रविन बस्नेत, गण्डकीमा उमेश भण्डारी, लुम्बिनीमा तिरबहादुर रोका ‘डार्विन’ र सुदूरपश्चिममा जीवन खड्काले  प्रदेश संयोजकको जिम्मेवारी पाएका छन् । कर्णाली प्रदेशको संयोजक भने पछि तोकिने जनाइएको छ ।

कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका अध्यक्ष शिव कोइराला ‘ज्वाला’, महासंघका उपाध्यक्षहरू राजकुमार कार्की, रामजीबहादुर श्रेष्ठ (अध्यक्ष– नेपाल ब्याडमिन्टन संघ), प्रकाश कुसारी र महासचिव अन्जन धमलाको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस