काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने निर्णय गरेको छ। शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बसेको संसदीय दल बैठकले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्ने पुनः निर्णय गरेको हो।
काँग्रेसले संसदको अघिल्लो अधिवेशनमा पनि संसदीय छानबिन समिति गठनको माग गरेको थियो। त्यसबेला गृहमन्त्री लामिछानेलाई रोस्टम प्रयोग गर्नबाट काँग्रेसले रोकेको थियो।
प्रमुख सचेतक रमेश लेखकले शुक्रबार दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा संसदीय छानबिन समिति गठनको माग गरिने बताए। ‘संसदीय छानबिन समिति गठन भएन र त्यसबाट सदन अवरोध भयो तथा बैठक प्रभावित भयो भने त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ,’ लेखकले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले कार्यशैली बदल्नुपर्छ: पूर्णबहादुर खड्का
शिक्षकसँग भएको सम्झौताअनुसार शिक्षा विधेयक छिटो आउनुपर्छ : कांग्रेस
सरकारले पूर्वराजालाई शाही निसान प्रयोग नगर्न भन्नुपर्यो : रामहरि खतिवडा
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान
कांग्रेस पदाधिकारी बैठक बुढानीलकण्ठमा सुरु
रास्वपा सांसदको अभिव्यक्तिप्रति कांग्रेस नेताको आपत्ति, कानूनी उपचारमा जाने चेताव