स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्शको खाँचो छ : प्रचण्ड

आइतबार, ०७ असोज २०७५, २० : ०७
स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्शको खाँचो छ : प्रचण्ड

चितवन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्वास्थ्य क्षेत्रमा सकारात्मक विमर्शकोे आवश्यकता रहेको बताउनुभयो ।

चितवनको नारायणगढमा आइतबार आयोजित आठौं हेल्थ अवार्ड २०७५ तथा नेपाल लाइभको पहिलो वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।
देशमा सबै स्रोत साधन भएपनि सुदृण प्रणाली या सिस्टमको कमी भएकाले सम्पुर्ण क्षेत्रमा सिस्टममा लैजान अहिलेको सरकार अघि बढेको उल्लेख गर्नुभयो । हामीसँग मिहिनेतको कमी छैन ,उहाँले भन्नुभयो ,“ हामीसँग सुशानको कमी भएको छ । कहिन कहि अराजकताले हामीलाई पिरोली रहेको छ ।”

कार्यक्रममा बोल्नु हुदै चितवन क्षेत्र नम्बर २ का सांसद एंव नेपाल कम्युनिस्ट पार्टी नेकपा का नेता कृष्णभक्त पोखरलले मुलुकी अपराध संहितामा गरिएका व्यवस्थालाई लिएर डाक्टरहरुले आन्दोलन गर्नु नपर्ने बताउनुभयो । पोखरेलले नियम कानुन बनाउँदा मलाई नै पर्छ भनेर नसोच्न डाक्टरहरुलाई आग्रह गर्नुभयो ।



त्यस्तै भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरलाई मेडिकल सिटि बनाउन भरतपुर महानगरपालिका अग्रसर रहेको बताउनुभयो । महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमै भरतपुरलाई मेडिकल सिटिका रुपमा विकास गर्न विभिन्न योजनाहरु अघि सारेको उल्लेख गर्नुभयो ।

आठौं स्वास्थय अवार्डमा विभिन्न सात विधामा ‘हेल्थ अवार्ड २०७५’ वितरण गरिएको छ । स्वास्थ्य क्षेत्रमा योगदान गरेवापत चिकित्सक, स्वास्थ्यकर्मी र अस्पतालहरुलाई अवार्ड वितरण गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अवार्ड प्रदान गर्नुभयो । ताप्लेजुङकी सिर्जना राई उत्कृष्ट महिला स्वास्थ्य स्वयंसेविका , उत्कृष्ट स्वास्थ्यकर्मी अवार्ड अछाम जिल्ला अस्पतालका अहेब वीरबहादुर बोहोरा ,डोल्पा जिल्ला अस्पतालकी ताराकुमारी बोहोरा उत्कृष्ट नर्स र बाग्लुङमा कार्यरत दीपकप्रसाद तिवारी उत्कृष्ट जनस्वास्थ्य प्रशासकको अवार्ड प्रदान गरिएको छ । त्यस्तै चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल उत्कृष्ट अस्पताल, डा चुमनलाल दासलाई उत्कृष्ट डाक्टर विधामा हेल्थ अवार्ड प्रदान गरिएको छ । नेपाल सिआरएस कम्पनीलाई उत्कृष्ट सामाजिक संस्था, डा हिरण्यदेव प्रधान र डा मृगेन्द्रराज पाण्डेलाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस