धर्मशालामा गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलुरूसँग पराजित हुँदै पञ्जाब बाहिरिने दोस्रो टिम बनेको हो । पञ्जाबमाथि ६० रनको जित हासिल गर्दै बैंगलुरूले प्लेअफको गणितीय सम्भावनालाई कायमै राखेको हो । यद्यपि बैंगलुरूको प्लेअफ सम्भावना भने कम छ ।
खेलमा पहिले ब्याटिङ गरेको बैंगलुरूले ७ विकेटको क्षतिमा २४१ रन बनायो । कोहलीले ४७ बला ९२ रन जोडे । रजत पटिदारले २३ बलमा ५५ रन बनाए ।
त्यस्तै क्यामरन ग्रीनले २७ बलमा ४६ रन जोडे । पञ्जाबका हर्षल पटेलले ३ तथा विद्वाथ काभेरापाले २ विकेट लिए ।
जवाफमा पञ्जाबले १७ ओभरमै अलआउट हुँदै १८१ रनमात्र बनाउन सक्यो । राइली रस्सोऊले २७ बलमा ६१ रन बनाए ।
मोहम्मद सिराजले ३ तथा स्वप्निल सिंह, लक्कि फर्गुसन र कर्ण शर्माले २–२ विकेट लिए ।
अंक तालिका
११ खेलबाट १६ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । ११ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ ।
१२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको समान १२ अंक रहेको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरूको १२ खेलमा १० अंक छ । मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटान्सको समान ८ अंक छ ।
आजको खेल
आज चेन्नई सुपर किंग्स र गुजरात टाइटान्स खेल्दैछन् । खेल अहमदाबादमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुँदैछ ।
यो खेल जित्दा गुजरातको प्लेअफ सम्भावनाको गणित जीवितै हुन्छ भने हार्दा बाहिरिने छ ।
त्यस्तै ११ खेलबाट १२ अंकको चेन्नईको यो खेलमा जित हासिल गर्दा प्लेअफ सम्भावना बलियो हुन्छ भने पराजित हुँदा थप संघर्ष गर्नुपर्ने हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ बैशाख २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल क्रिकेटमा आज पनि दुई खेल हुँदै
आईपीएल : अभिषेकको शतकमा हैदरावादको सानदार जित, पञ्जाब आठ विकेटले पराजित
आईपीएलः केएल राहुलको सानदार ब्याटिङमा दिल्लीको लगातार चौथो जित
आईपीएल: मुम्बईलाई पराजित गर्दै बैंग्लोर अंक तालिकाको तेस्रो स्थानमा
आईपीएलमा हैदरावादको लगातार चौथो हार, गुजरात सात विकेटले विजयी
आईपीएल: पञ्जाबमाथि राजस्थानको शानदार जित