कोशी प्रदेश प्रमुखले बोलाए छलफलका लागि एमाले-माओवादी नेता

सफल खबर संवाददाता

बुधबार, २६ बैशाख २०८१, १५ : १५
कोशी प्रदेश प्रमुखले बोलाए छलफलका लागि एमाले-माओवादी नेता

काठमाडौँ । कोशी प्रदेशमा देखिएको डेडलक समाधानका लागि कोशी प्रदेश प्रमुख परशुराम खापुङ्गले एमाले र माओवादीका नेताहरूलाई छलफलका लागि बोलाएका छन् ।

अहिले प्रदेश प्रमुखको कार्यालयमा एमाले र माओवादीका नेता र सांसद पुगेका छन् । बिहान कोशी प्रदेशका मुख्यमन्त्रीलाई प्रदेशसभाले सङ्कल्प प्रस्तावमार्फत विश्वासको मत लिन दिएको समय सीमा सकिएको स्मरण गराउँदै नयाँ सरकार गठनको आव्हान गर्न दबाब दिएका थिए ।

कानूनी परामर्शपछि उनले एमाले(माओवादीका नेतालाई छलफलका लागि बोलाएका हुन् ।

 

प्रतिक्रिया दिनुहोस