काठमाडौँ। सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरूसँग छलफल शुरू गरेका छन् । संसद्को बर्खे अधिवेशनअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शीर्ष नेताहरूसँग सिंहदरबारमा छलफल शुरू भएको हो ।
छलफलमा प्रधानमन्त्रीसहित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहभागी छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका सचेतक ज्ञानेन्द्र शाही सहभागी छन् ।शीर्ष नेताबाहेक दलका सचेतकहरू पनि सहभागी छन् ।
संसद्को आगामी अधिवेशन शुरू हुनुअघि नै सहमति प्रयासका लागि सभामुखले शीर्ष नेताहरूलाई बोलाएका सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
सहकारीको रकम हिनामिना प्रकरणमा रास्वपा सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो ।
कांग्रेसको अवरोधले सदनको कारबाही प्रभावित भएपछि सभामुखले आगामी अधिवेशन शुरू हुनु अघि छलफलका लागि बैठक बोलाएका हुन् ।सभामुख घिमिरले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष बैठक आह्वान गरेका थिए । तर सहमति प्रयास सार्थक हुन सकेको थिएन ।
सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुङ्ग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग-अलग छलफल भएको थियो ।संसद्को बर्खे अधिवेशन यही वैशाख २८ गतेदेखि शुरू हुँदैछ । बर्खे अधिवेशनलाई बजेट अधिवेशनका रूपमा समेत चिनिन्छ ।
संसद्को आगामी अधिवेशनलाई प्रभावकारी बनाउन सभामुख घिमिरेले संसदीय समितिका सभापति र सचेतकहरूसँग सामूहिक र प्रमुख सचेतक तथा मुख्य सचेतकसँग अलग-अलग भेट गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २५ बैशाख २०८१, १२ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे
संसद् अधिवेशन चाडै आह्वान हुने सभामुखको विश्वास
कार्टरले नेपालको शान्ति प्रक्रियामा पुर्याएको योगदान सधैं प्रेरणादायी रहनेछ : सभामुख घिमिरे
विधेयक समितिका बैठक नबसे स्पष्टीकरण सोधौँ : सभामुख घिमिरे
आगामी अधिवेशनमा संघीयता कार्यान्वयनसँग जोडिएका कानून बनाउँछौं : सभामुख घिमिरे
१८ वर्षदेखि एउटै कानुनमा टेकेर संसद् चलाउनुपर्ने बाध्यता छ : सभामुख घिमिरे