काठमाडौँ । धनुषाको एक सहकारी संस्थाका एक कर्मचारीबाट ८० लाख रुपैयाँ लुटिएको छ । शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रमुख जिल्ला अधिकारी रामु राज कडरीयाले बताए ।
महतोले मोटरसाइकलमा आएका दुई जना हतियारधारीले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताइएको छ । महतो बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा उक्त रकम लुटिएको प्रजिअ कडरियाले बताए। प्रजिअ कडरियाले घटना शङ्कास्पद रहेको पनि बताएका छन् । उनले भने, ‘त्यत्रो पैसा निकाल्दा प्रहरीलाई खबर नगर्ने खबर गरेको भए सुरक्षा दिइन्थ्यो, पैसा लुटिएपछि प्रहरीलाई खबर आयो, त्यही भएर घटना शङ्कास्पद छ ।’
घटनाका विषयमा अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, १४ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पब्लिक युथ क्याम्पसका सात जना कर्मचारीले सरुवा मागे
सिंहदरवारमा कर्मचारी थुपारेर देशको विकास हुदैँन् : प्रेम सुवाल
बुढानीलकण्ठ नगरपालिकाले माग्यो कर्मचारी
यूएसएडका ४२ सय कर्मचारीलाई बिदा,१६ सय
जबरजस्ती करणी मुद्दामा एक कर्मचारी पक्राउ
यूएसएआईडीले फिर्ता बोलायो आफ्ना कर्मचारी