काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान अझै पूर्ण नरहेको बताएका छन् । सोमवार काठमाडौँमा आयोजित बागमती प्रदेशको प्रदेश सरकारी कामकाजको भाषा ऐन, शुभारम्भ तथा भाषा दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न मुख्य रूपमा सङ्घर्ष गर्दै आए पनि अझै पूर्णता पाउन नसकेको बताए ।
उनले इमानदार भएर सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जाने विश्वास व्यक्त गरे । उनले सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह पनि गरे । प्रधानमन्त्रीले नेपाली समाजको विशेषता र सामाजिक बनावटअनुसार सबै वर्ग, जाति, क्षेत्र, लैङ्गिक र समुदायको पहिचान तथा अधिकारका लागि आफूले सङ्घर्ष गर्दै आएको सो क्रममा बताए ।
उनले भने, ‘नयाँ संविधानमा पहिचान र अधिकार स्थापित गर्न हामीले मुख्य रूपमा सङ्घर्ष गर्दै आएका थियौँ । इमानदार र सङ्घर्ष गरिरहने हो भने संविधानमा स्थापित गर्न बाँकी अधिकार क्रमशः स्थापित हुँदै जानेछन् । सबै उत्पीडित वर्ग, जाति र समुदायले आफ्नो पनि असली प्रवृत्तिको पहिचान गरी पहिचान र अधिकारको राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन आग्रह गर्दछु ।’
प्रधानमन्त्री दाहालले भाषा आयोगमा नेवार समुदायलाई बुझेको दक्ष व्यक्ति राख्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २४ बैशाख २०८१, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय छानविन समितिबारे कांग्रेससँग भोलिसम्म सहमति हुन्छ : प्रधानमन्त्री प्रचण्ड
संसदीय छानबिन समिति बनाउन प्रधानमन्त्री सकारात्मक : कांग्रेस
प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच सिंहदरबारमा भेटवार्ता
संसद्मा गृहमन्त्रीलाई बोल्न दिनुस्, समिति बनाउँछौँ : प्रधानमन्त्री प्रचण्ड
सिंहदरबारमा प्रचण्ड र ओलीबिच छलफल
प्रतिपक्षीसँग तत्कालै सहमति गर्न प्रधानमन्त्रीलाई सभामुखको अपिल