माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो

सफल खबर संवाददाता

सोमबार, २४ बैशाख २०८१, ०७ : ५२
माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौ । नेकपा माओवादी केन्द्रका दुई जना केन्द्रीय सदस्यलाई जिम्मेवारीबाट हटाइएको छ ।

पार्टी केन्द्रीय कार्यालय (पदाधिकारी) वैशाख २१ गते बसेको बैठकले पूर्ण केन्द्रीय सदस्य राम कुमार शर्मा र इन्दु कुमारी शर्मालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।

उनीहरुले पार्टी परित्याग गरेको हुनाले पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाइएको केन्द्रीय कार्यालयले जनाएको छ । यस्तै माओवादीले दवर बहादुर क्षेत्री (डि.वी. क्षेत्री – ओमान) लाई रिक्त रहेको पार्टीको पूर्ण केन्द्रीय सदस्यमा मनोनित गरेको छ । 

यस्तै कौशलेन्द्र शर्मा (महोत्तरी) लाई रिक्त रहेको जेष्ठ कम्युनिष्ट मञ्चको सदस्यमा मनोनित गरिएको पनि कार्यालयले जनाएको छ।  

यसैबीच माओवादी केन्द्रको एसिया समन्वय प्रदेश समितिको सह–इञ्चार्जको जिम्मेवारी केन्द्रीय सदस्य ओम शर्माले पाएका छन् ।

प्रतिक्रिया दिनुहोस