रियो द जेनरियो । दक्षिण अफ्रिकामा मुसलधारे वर्षापछि आएको बाढीका कारण अहिलेसम्म ५६ जनाको मृत्यु भएको छ । हजारौँ मानिस घरबारविहीन भएका छन् । उद्धार र राहत कार्य निरन्तर जारी रहेको समाचार एजेन्सी एएनआईले अल जजिरालाई उद्धृत गर्दै समाचारमा लेखेको छ ।
दर्जनौँ अझै बेपत्ता रहेको बताइएको छ । उद्धारकर्मीहरूले घर, सडक र पुलको भग्नावशेषमा फसेका मानिसहरूलाई खोज्न सक्दो प्रयास गरिरहेको बताइएको छ । रियो ग्रान्डे डो सुलमा पानीको उच्च स्तरका कारण बाँधहरूमा भार बढ्दै गएको छ । जसका कारण आसपासका सहरहरूमा त्रास बढेको छ ।
बाढी प्रभावित क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । बेपत्ता हुनेको सङ्ख्या उच्च रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको छ । गएको केही दिन यताको भारी वर्षा र आँधीका कारण रियो ग्रान्ड दू सुल राज्यका ४९७ शहरमध्ये दुई तिहाई सहर प्रभावित भएका छन् ।
७४ जना बेपत्ता रहँदा ६९ हजार भन्दा धेरै विस्थापित भएको बताइएको छ । राज्यका कयौँ क्षेत्रमा बाढीले सडक र पुल ध्वस्त पारेको छ । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले प्रभावित क्षेत्रमा पूर्ण सहयोग गर्ने आश्वासन दिएका छन् । प्रभावित क्षेत्रमा मानवीय र भौतिक स्रोतको अभाव नहुने उनले बताएका छन् ।
अगाडि थप खतरा
मौसमविद्हरूले थप विपत्ति आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेका छन् । राज्यको मुख्य नदी गुएबा खतराको निशानमा पुग्न सक्ने र यसले विद्यमान त्रासदीलाई अझ बढाउने सम्भावना रहेको बताइएको छ । लगातारको अविरल वर्षका कारण त्यहाँको पूर्वाधार नराम्ररी प्रभावित भएको छ । खानेपानीलगायत आधारभूत सुविधा पनि प्रभावित भएका छन् । अवस्था यति खराब बनेपछि उच्च जोखिम क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई सरकारले सुरक्षित स्थलमा जान आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २३ बैशाख २०८१, ११ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप छनौटमा बराबरीमा रोकियो ब्राजिल
ब्राजिलको सुप्रिम कोर्टबाहिर विस्फोट हुँदा एक जनाको मृत्यु
चिलीमाथि ब्राजिलको कमब्याक जित
रोड्रीगोको गोलमा ब्राजिल विजयी
ब्राजिलमा सामाजिक सञ्जाल एक्समाथि प्रतिबन्ध
दोस्रो खेलमा लयमा देखियो ब्राजिल