ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनमा ‘अष्ट्रेलियन इन्फमेसन डे’

शनिबार, ०६ असोज २०७५, १६ : ३५
ग्लोबल रिच कन्सल्टेन्सीको आयोजनमा ‘अष्ट्रेलियन इन्फमेसन डे’

नारायणगढ : चितवनमै पहिलो पटक ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीले ‘अष्ट्रेलियन इन्फमेसन डे’ शुरुवात गरेको छ । काठमाडौंपछि पोखरा, बुटवल र चितवनमा कार्यक्रम शुरुवात गरिएको हो । यस अन्तरगत उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चहाने विद्यार्थीहरुले ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीको नारायणगढ कार्यालयबाटै अष्ट्रेलियन युनिभरसिटिका प्रतिनिधिसँग प्रत्यक्ष परामर्श लिएका छन् ।
एक दिनसम्म चल्ले कार्यक्रममा अष्ट्रेलियाका ४ वटा विश्वविद्यालयबाट प्रतिनिधिहरुको सहभागिता रहेको छ । शनिबारको कार्यक्रममा ईडित क्राउन युनिभरसिटिका संजिव थापा, सेन्ट्रल कुईन्सल्याण्ड युनिर्भसिटिका गुराविर सिडु, चाल्र्स स्टेट युनिभरसिटिका रोबिन फस्पदिप र नकिटाज ग्रुपका अनुप श्रेष्ठले परामर्श गर्नुभएको थियो  ।  युनिभरसिटिकै प्रतिनिधिसँग विद्यार्थीहरुले भिषा प्रोसेस ,कोर्स र टियुसन फिको बारेमा परामर्श लिएका छन् ।
सम्बन्धीत युनिभरसिटिका प्रतिनिधिसँग प्रत्यक्ष रुपमा परामर्श लिन पाउदाँ विद्यार्थीहरु अलमलको स्थितिबाट छुटकारा पाउने ग्लोबल रिच एजुकेशन कन्सल्टेन्सीका रिजनल म्यानेजर सुरेश पौडेलले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो,“यस अघि काठमाडौंमा यस्तो कार्यक्रम हुने गरेको थियो । चितवनमा पहिलो पटक सुरुवात गरिएको छ ।” यस्तो कार्यक्रममा विद्यार्थीहरुलाई अन्य समयभन्दा सहज रुपमा परामर्श लिन सक्ने वातावरण तयार हुने भएकाले प्रभावकारी मानिएको छ । रिजनल म्यानेजर पौडेलका अनुसार अब १ बर्षमा २ पटक कार्यक्रम संचालन गरिने छ ।     

प्रतिक्रिया दिनुहोस