१२ वर्षीय छोरीलाई बालात्कार गरेको आरोपमा बाबु पक्राउ

शनिबार, ०६ असोज २०७५, १४ : १२
१२ वर्षीय छोरीलाई बालात्कार गरेको आरोपमा बाबु पक्राउ

दाङ : छोरीलाई बालात्कार गरेको आरोपमा दाङको तुलसीपरमा बाबु पक्राउ परेका छन् । 

बलात्कारमा परेकी १२ बर्षीया बालिकाको नेपालगञ्जमा उपचार गराउने क्रममा बाबुले छोरीमाथि गरेको कुकर्म बाहिर आएपछि घटना सार्वजनिक भएको हो ।

बाबुलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । ‘बास्तविक के हो जाहेरी आएपछि मात्रै थाहा हुन्छ ’– प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले भने, ‘ पीडित नेपालगञ्ज भएकाले सम्पर्कमा आएपछि मात्रै सबैकुरा थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस