काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले अहिले मुलुकमा देखिएको बेथिति र विकृतिको अन्त्य गर्न आन्दोलनको विकल्प नभएको बताएका छन् । आज पार्टीको लुम्बिनी ,कर्णाली र सुदूरपश्चिम क्षेत्रका पदाधिकारी सदस्य तथा जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले अहिलेको राज्य प्रणालीले देशलाई अधोगति तर्फ मात्र लैजाने जिकिर गरे ।
भ्रष्टाचार ,कुशासन र मनपरितन्त्रलाई निरन्तरता दिँदा मुलुक समस्याको दलदलमा भासिने भन्दै अब विकल्प खोज्नुपर्नेमा जोड दिए । विकल्प भनेको आन्दोलन भएको भन्दै थापाले आन्दोलनको वातावरण तयार गर्न जिल्ला अध्यक्षहरुसँग आग्रह पनि गरे ।
एक्ला एक्लै आन्दोलन गर्दा सफलता प्राप्त नभएको विगतलाई हेरेर समान बिचार भएका बिच मोर्चा बनाउने प्रस्तावले मूर्तरूप नलिएकोमा चिन्ता व्यक्त गर्दै थापाले त्यो दिशामा अहिले पनि प्रयासरत भएको समेत स्पष्ट पारे ।
तत्काल मोर्चा नबनेको परिस्थिति भए पनि पार्टीले आफ्नो तर्फ बाट गर्ने आन्दोलनको तयारीलाई भने निरन्तरता दिन तयारीमा जुट्न समेत थापाले आग्रह गरे। वैकल्पिक बिचार र मार्गचित्र राप्रपा नेपालसँग भएकोले पार्टीलाई बलियो शक्ति बनाउन क्रियाशील र गतिशील हुनुपर्नेमा समेत जोड दिए ।
बैठकमा महामन्त्री द्वय भास्कर भद्राले सचिवालय र राजाराम बर्तौलाले संगठन सम्बन्धि प्रतिबेदन पेश गरेका थिए भने जिल्ला अध्यक्षहरूले जिल्लाको अवस्थाबारे बैठकलाई जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ बैशाख २०८१, १३ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजादेखि माओवादीसम्म अटाउने व्यवस्था नेपालको निमित्त उपयुक्त हुन्छ : अध्यक्ष थापा
संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा
सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा
राजाका कारण देश विकास भएन भन्नेहरू नै ब्रम्हलुटमा मस्त भए : कमल थापा
अहिलेको संघीयताले देशलाई टाट पल्टाउँछ : कमल थापा
राष्ट्रवादी शक्तिहरू एकजुट भएर अघि बढ्नु पर्ने समय आयो : कमल थापा