बझाङ उपनिर्वाचन : हिमाली क्षेत्रका मतपेटिका अझै भएन सङ्कलन

सफल खबर संवाददाता

आइतबार, १६ बैशाख २०८१, ०७ : ५३
बझाङ उपनिर्वाचन : हिमाली क्षेत्रका मतपेटिका अझै भएन सङ्कलन

बझाङ । बझाङ निर्वाचन क्षेत्र नं. १ स्थित अति विकट उच्च हिमाली क्षेत्रका मतपेटीकाहरु अझै सदरमुकाम चैनपुर पुग्न बाँकी रहेको छ ।

शनिबार भएको मतदानपछि केही स्थानको मतपेटीका पुर्‍याइएको छ भने, केही स्थानको पुग्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायव उपरीक्षक भरत शाहले चीनको तिव्वतसँग जोडिएको उच्च हिमाली क्षेत्र साइपाल गाउँपालिकास्थित याकुरी डाँडा, यारङकुरिङ, धुली र काँडाको मतपेटीका आउन बाँकी रहेको बताए । नेपाली सेनाको हेलिकप्टर मतपेटीका लिन विहान ७ बजे सो स्थानतर्फ गएको जानकारी दिए ।

सबै ठाउँका मत पेटिका आएपछि आज आइतबार नै मतगणना सुरु हुने बताइएको छ ।

बझाङमा भएको उपनिर्वाचनमा ४९. १२ प्रतिशत मत अर्थात ३० हजार ३२८ मत खसेको हो । ६१ हजार ७४८ मतदाता रहेकोमा ३० हजार ३२८ जनाले मतदान गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस