कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन् ।इलाका प्रहरी कार्यालय झलारीका प्रहरी नायब निरीक्षक आनन्द चन्दका अनुसार शुक्लाफाँटा–८ स्थित भगवती सामुदायिक वनमा चितुवाको आक्रमणबाट स्थानीय २६ वर्षीय रविन्द्र धामी घाइते भएका हुन् ।
वनमा स्याउला टिप्न गएका बेला चितुवाले उनलाई आक्रमण गरी घाइते बनाएको हो ।घाइते धामीको कैलालीको धनगढीमा उपचार भइरहेको छ ।
यहाँको पारिफाँटा, मरभोजलगायत क्षेत्रमा पछिल्लो समय चितुवाले स्थानीयलाई आक्रमण गर्ने क्रम बढेको स्थानीयले बताएका छन् ।
भवगती सामुदायिक वनका अध्यक्ष केशव धामीले वनको नर्सरीभित्र चन्दले स्याउला टिपिरहेका बेला चितुवाले आक्रमण गरेको बताए ।
उनको हात र टाउकोमा घाउ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ बैशाख २०८१, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
चितुवा पासोमा परेपछि...