बर्दिया । बर्दियामा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ।
बर्दियाको मधुवन नगरपालिका-७ भाट चोकस्थित मनोज कँडेलको घरमा चितुवाले आक्रमण गर्दा अढाई वर्षीय रिहान चलाउनेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ। रिहान मनोजका भान्जा हुन्।
आँगनमा खेलिरहेका बालकलाई चितुवाले आक्रमण गरेर बेपत्ता बनाएपछि प्रहरी र स्थानीयले खोजी सुरु गरेका थिए।
रचना बाँकेको राप्तीसोनारी गाउँपालिका-५ बाट माइत गएको बेला घटना भएको प्रहरीले जनाएको छ। चितुवाले आक्रमण गर्दा बालकको घाँटी र टाउकोको पछाडिको भागमा गहिरो घाउ देखिएको छ।
गएको माघ २५ गते पनि सोही स्थानमा चितुवाले आक्रमण गर्दा ५१ वर्षीया जुनाकुमारी लामिछानेको मृत्यु भएको थियो। गाउँमा चितुवा आतंक बढेपछि स्थानीय त्रसित भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
पाल्पामा मृत भेटियो चितुवा
तनहुँमा आठ वर्षमा चितुवाको आक्रमणबाट १४ बालबालिकाको ज्यान गयो
घरपालुवा जनावर मार्न थालेपछि टिकापुरमा चितुवाको त्रास
कञ्चनपुरमा चितुवाको आक्रमणबाट १ जना घाइते