वासिङ्टन डिसी । टिकटकले अमेरिकामा प्रतिबन्धित हुन सक्ने ‘असंवैधानिक’ कानुनलाई अदालतमा चुनौती दिने बताएको छ। राष्ट्रपति जो बाइडेनले टिकटकको स्वामित्वमा रहेको चिनियाँ कम्पनी बाइटडान्सलाई यस एपबाट लगानी फिर्ता लिन वा अमेरिकामा प्रतिबन्धको सामना गर्न नौ महिनाको समय दिएको विधेयकमा हस्ताक्षर गरेका छन्।
टिकटकले चिनियाँ सरकारसँग प्रयोगकर्ताको डाटा सेयर गरिरहेको हुन सक्ने चिन्ताका कारण यो कानुन ल्याइएको हो। तर, चिनियाँ कम्पनीले यो दाबीलाई सधैँ अस्वीकार गर्दै आएको छ ।टिकटकका मालिक सु जी चुले भने, ‘अदालतमा हाम्रो अधिकारको लागि लडाइरहनेछौँ। हामी विश्वस्त छौँ, तथ्य र संविधान हाम्रो पक्षमा छ । ढुक्क हुनुहोस् हामी कतै जाँदैनौँ।’
टिकटकमा जारी गरिएको भिडियोमा उनले विधेयकको आलोचना गर्दै प्रयोगकर्ताहरूलाई टिकटकले कसरी उनीहरूको जीवनमा सुधार ल्याएको छ भनेर आफ्ना कथाहरू साझा गर्न आग्रह गरे। उनले भने, ‘कुनै गल्ती नगर्नुहोस्, यो प्रतिबन्ध हो - टिकटकमा प्रतिबन्ध र तपाईंमाथि प्रतिबन्ध, तपाईंको आवाजमा प्रतिबन्ध।’
एउटा छुट्टै बयानमा टिकटकले भन्यो, ‘सत्य यो हो कि हामीले अमेरिकाको डाटा सुरक्षित राख्न अरबौँ डलर लगानी गरेका छौँ र हाम्रो प्लेटफर्म कुनै पनि प्रकारको दबाबबाट मुक्त छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ बैशाख २०८१, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्रम्पको आश्वासनपछि अमेरिकामा टिकटक पुनः सञ्चालनमा
अमेरिकामा टिकटक बन्द, खरिद गर्न नपाएपछि लगाइयो प्रतिवन्ध
नेपालमा टिकटक आधिकारिक रूपमा दर्ता
सबै सर्त मान्न टिकटक तयार भएपछि प्रतिबन्ध हटाउँदै सरकार
टिकटक प्रतिबन्ध खुला गर्ने सरकारको निर्णय
टिकटकमाथिको प्रतिवन्ध हटाउने सरकारको तयारी