जेल जाने भइन् राखी सावन्त, ४ हप्ताभित्र आत्मसमर्पण गर्न आदेश

सफल खबर संवाददाता

सोमबार, १० बैशाख २०८१, १३ : ४३
जेल जाने भइन् राखी सावन्त, ४ हप्ताभित्र आत्मसमर्पण गर्न आदेश

नयाँ दिल्ली  । बलिउडक अभिनेत्री राखी सावन्त जेल जानु पर्ने भएको छ । सर्वोच्च अदालतले अभिनेत्री राखी सावन्तलाई ठूलो झटका दिँदै अग्रिम जमानत दिन उनले गरेको माग निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतले राखी सावन्तलाई चार हप्ताभित्र तल्लो अदालतमा आत्मसमर्पण गर्न भनेको छ । अभिनेत्री राखी सावन्तमाथि आफ्ना पूर्व पति आदिल दुर्रानीको अश्लील भिडियो लीक गरेको आरोप लागेको छ ।

राखी सावन्तले बम्बे हाईकोर्टको फैसलालाई सर्वोच्च अदालतमा चुनौती दिएकी थिइन् । यसअघि बम्बे हाईकोर्टले राखी सावन्तको अग्रिम जमानतको निवेदन खारेज गरिदिएको थियो । राखीका पूर्व पति आदिल दुर्रानीले राखीविरुद्ध अश्लिल भिडियो सार्वजनिक गरेको भन्दै एफआइआर दर्ता गरेका छन् । यस मामिलामा राखी सावन्तलाई अब पक्राउ हुने सम्भावना छ । अहिले दुबै अलग बस्छन् ।

कुरा के हो ?

सावन्तका पति आदिल दुर्रानीको उजुरीको आधारमा उपनगरीय अम्बोली प्रहरी थानामा सूचना प्रविधि ऐनको सम्बन्धित धाराहरू अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । दुर्रानीले सावन्तले आफूलाई बदनाम गर्न धेरै अनलाइन फोरमहरूमा दुबैको व्यक्तिगत भिडियो पोस्ट गरेको आरोप लगाएका छन् ।

के भन्छिन् राखी सावन्त ?

आफूलाई उत्पीडन गर्ने, दबाब दिने र झुटो र नक्कली मुद्दामा फसाउने उद्देश्यले आफू विरुद्ध एफआईआर दर्ता गरिएको आफ्नो पूर्व जमानत आवेदनमा राखी सावन्तले भनेकी छिन् । यो एफआईआर कानूनको प्रक्रियाको दुरुपयोग भएको र यसमा कुनै दम नभएको उनको भनाइ थिया । उनले वकिलमार्फत जमानत याचिका दायर गरेकी थिइन् ।
 

प्रतिक्रिया दिनुहोस