एजेन्सी । इजरायलसँग तनाव बढिरहेको बेलामा इरानका राष्ट्रपति इब्राहिम रइसी पाकिस्तानको तीन दिने भ्रमणका लागि एक्कासी आज त्यसतर्फ प्रस्थान गर्दैछन् ।
यस भ्रमणका क्रममा उनले पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ, राष्ट्रपति असिफ अली जरदारी र सेनाप्रमसख जनरल आसिफ मुनिरसँग कुराकानी गर्ने जनाइएको छ ।
गएको जनवरीमा इरानले पाकिस्तानको बलुचिस्तानमा ड्रोन कारवाही गर्दै सो स्थानमा चरमपन्थी समूह जैश अल अदुललाई निशाना बनाइएको जनाएको थियो । इरानले अहिलेको भ्रमणको उदेश्य दुई देशबीचको सम्बन्धलाई प्राथमिकतामा राख्नु रहेको जनाएको छ ।
इजरायल र पश्चिमा मुलुकबीच इरानको तनाव बढीरहेको बेलामा पहिलो भ्रमणका रुपमा इरानी राष्ट्रपतिले पाकिस्तान भ्रमण गर्नुलाई अर्थपूर्ण मानिएको छ । इरान र इजरायलबीचको द्वन्द्वका क्रममा पाकिस्तानले तनावबाट बच्न दुवै देशलाई सल्लाह दिएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १० बैशाख २०८१, ०९ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तुर्कियका लागि नेपालको गैरआवासीय राजदूतमा धिताल नियुक्त
सहकारी समस्याबारे राष्ट्रपतिको चासो
सुशासन प्रवर्द्धन र सेवा प्रवाहमा चुस्तता पहिलो शर्त: राष्ट्रपति
पानी विवादमा मेक्सिकोलाई भन्सार कर लगाउने ट्रम्पको धम्की
नेपाली सेना अन्तरराष्ट्रियस्तरमा प्रतिनिधित्व गर्ने राष्ट्रको शान : राष्ट्रपति पौडेल
महावीरको मार्गदर्शन परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति