काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत हिनामिना गरेको आरोपमा पक्राउ परेका उनलाई ४ लाख धरौटीमा छाड्न आदेश भएको हो । दीपेश पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पाशाङका छोरा तथा नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका महासचिव हुन् । उनी सुन तस्करी प्रकरणमा समेत जोडिएका छन् ।
शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि यस्तो आदेश भएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रविलाई थुनामै राख्न माग गर्दै उच्च अदालत पाटनमा निवेदन दर्ता
चितवन जिल्ला अदालतमा रविको थुनछेक बहस सकियो
सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
जिल्ला अदालतले रवि लामिछानेलाई प्रहरीको जिम्मा लगायो
रविको पक्षमा वरिष्ठ अधिवक्तासहित ६ जनाले बहस गर्ने
रवि लामिछानेविरुद्ध अभियोजनमा त्रुटि गरेको भन्दै चितवनका जिल्ला न्यायाधिवक्तामाथि छानबिन सुरु