नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १६ : ०५
नवनियुक्त महालेखापरीक्षक रायाले लिए शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले नवनियुक्त महालेखापरिक्षक तोयम रायालाई पद तथा गोपनीयताको शपथ गराएका छन ।

राष्ट्रपति कार्यालय शीतल निवासमा विहिबार भएको सो कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीलगायत संवैधानिक निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस