तातोपानी भन्सारबाट हुने आवतजावत बढ्यो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १५ : २१
तातोपानी भन्सारबाट हुने आवतजावत बढ्यो, लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

सिन्धुपाल्चोक। चालू आर्थिक वर्षको नौ महिनामा तातोपानी भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।चालू आर्थिक वर्षमा ५ अर्ब ५९ करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिइएकोमा हालसम्म ८ अर्ब ५६ करोड रुपैयाँ सङ्कलन भइसकेको भन्सार प्रमुख दयानन्द केसीले जानकारी दिए ।

नाका सञ्चालन भएपछि व्यापार बढेको उनले बताए । पछिल्लो समय मानिसहरूको आवतजावत बढिरहेको उनको भनाइ छ ।उनले यस भन्सार नाकामा भूकम्प पछिल्लो समय व्यापारिक गतिविधि बढे पनि सडकलगायतका पूर्वाधारमा भने सुधार हुन नसकेको बताए ।

 

प्रतिक्रिया दिनुहोस