काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेकपा एकीकृत समाजवादीकी सांसद भगवती अधिकारीलाई पनि मन्त्री नियुक्त गरेका छन् । बिहीबार बिहान एमालेका ४, नाउपा र स्वतन्त्र एक गरि ६ जनालाई महराले मन्त्री नियुक्त गरेका थिए । बिहानसम्म एकीकृत समाजवादीलाई तत्काल सरकारमा सामेल नगराउने पक्षमा रहेका महराले एकाएक मन्त्री नियुक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्यालय निकट स्रोतका अनुसार एकीकृत समाजवादीले तत्काल मन्त्री नियुक्त नगरे सरकार छाड्ने चेतावनी दिएपछि उनलाई मन्त्री नियुक्त गरिएको हो । लुम्बिनीमा एकीकृत समाजवादीको एक सीट मात्र रहेको छ ।
२२ चैतमा सत्ता गठबन्धनका चार दल एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र स्वतन्त्र सांसद खड्ग बस्नेतबीच ७ बुँदे सहमतिमा जनता समाजवादी पार्टीलाई दुई तथा नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदलाई एक–एक मन्त्रालय दिने सहमति थियो ।
तर, बिहीबारको सरकार विस्तारमा आफ्नो दल छुटेको भन्दै समाजवादीले आपत्ति जनाएको थियो । नवनियुक्त बिना विभागीय मन्त्रीहरुको शपथ आजै साँझ ५ बजेका लागि तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १४ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भ्रष्टाचार अन्त्यका लागि सरकारले शून्य सहनशीलताको नीति लिएको छः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेश सभामा विशेष सम्बोधनका लागि प्रधानमन्त्रीलाई निमन्त्रणा
लुम्बिनी प्रदेशसभामा सम्बोधन गर्न प्रधानमन्त्री ओलीलाई निमन्त्रणा
‘एक घर, एक धारा अभियानले खानेपानीमा पहुँच सुनिश्चित’
लुम्बिनी प्रदेशले अब जनशक्तिको अभाव भोग्नुपर्ने छैन : मुख्यमन्त्री आचार्य
लुम्बिनीका प्रमुख सचिव अधिकारीले सम्हाले जिम्मेवारी