नयाँ दिल्ली । सलमान खानको घरबाहिर गोलाबारी भएको घटनामा प्रहरीको कारबाही जारी छ । यस मामिलामा प्रहरीले अर्को एक व्यक्तिलाई समातेका छन् । बुधबार राति एक संदिग्धलाई प्रहरीले समातेको हो । प्रहरीसम्बद्ध स्रोतका अनुसार यी व्यक्तिले लरेन्स विश्नोईको गिरोह र शूटरबिच सम्पर्कको काम गरेको थियो ।
आइतबार बिहान मोटरसाइकलमा सवार २ जनाले मुम्बईको बान्द्रास्थित ग्यालेक्सी अपार्टमेन्टबाहिर पाँच राउन्ड गोली चलाएर फरार भएका थिए । प्रहरीले संदिग्धहरूलाई गुजरातको कच्छबाट समातेको थियो ।
प्रहरीका अनुसार घटनाको केही घण्टा अगाडि सागर पाललाई बन्दुक दिएको थियो । अहिलेसम्म हतियार आपूर्ति गराउने व्यक्तिको पहिचान खुलेको छैन । दुवै आरोपी बिहारको चम्पारणका बासिन्दा हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, ११ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सलमान खानको 'सिकन्दर' को बक्स अफिसमा कमजोर प्रर्दशन
यस्तो छ सलमान खानको 'सिकन्दर' को टिजर
‘सेभेन डग्स’को रिमेकबाट हलिउड डेब्यु गर्दै सलमान खान
सलमान खानलाई धम्की दिने व्यक्ति उनकै गीतकार
सलमान खानलाई लरेन्स गिरोहबाट फेरि धम्की
सलमानलाई फेरि ज्यान मार्ने धम्की