काठमाडौं। गण्डकी प्रदेशको नीति तथा योजना आयोग उपाध्यक्षमा एमालेनिकट तनहुँका श्रीकान्त खतिवडा नियुक्त भएका छन् । खतिवडालाई मुख्यमन्त्री खगराज अधिकारीले नियुक्त गरी पद तथा गोपनीयताको शपथ खुवाएका छन् । उनी गत चैत २७ गतेकै मन्त्रिपरिषद् निर्णयअनुसार नियुक्त भएका हुन् ।
मुख्यमन्त्री खगराजले सदस्यमा माओवादी कोटाबाट पुनस् सुवास अधिकारीलाई नै नियुक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, ११ : ०७
लेखकबाट थप