रौतहट प्रहरीद्वारा २४ लाख बढीको सामान बरामद

सफल खबर संवाददाता

मंगलबार, ०४ बैशाख २०८१, १० : ११
रौतहट प्रहरीद्वारा २४ लाख बढीको सामान बरामद

File pic

रौतहट । प्रहरी गस्ती टोलीले  रौतहटको विभिन्न नाकाबाट २४ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान बरामद गरेको छ ।

गत चैत २४ गते देखि बैशाख ३ गतेसम्म २४ लाख ४५ हजार ५५६ रुपैयाँ बराबरको अवैध भारतीय सामान बरामद गरेको हो। 

भारतीय बजार बाट भन्सार छलेर ल्याइरहेको उक्त मूल्य बाराबारको लता कपडा, किराना खाद्यन्ह, पशु चौपाया र बन बाट ल्याएको अवैध काठ प्रहरीले  बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छिन्।

बरामद सामान सवारीसाधन सहित आवश्यक कारबाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा सोमबार साँझ बुझाइएको रौतहट प्रहरीले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस