काठमाडौं। अरूको नागरिकता प्रयोग गरी सामाजिक सञ्जालमार्फत ठगी गरेको आरोपमा ३ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा झापाको अर्जुनधारा ९ की रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेली, बुद्धशान्ति २ का निश्चल पोर्तेल र माई नगरपालिका ५ इलामका धनबहादुर विक रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता एसपी रवीन्द्र रेग्मीका अनुसार सन्जु पौडेलीले रश्मी विश्वकर्माको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैंकमा खाता खोलेर कारोबार गरेको अनुसन्धानबाट खुलेको छ ।उनले ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी परेको छ । उजुरी अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।
प्रवक्ता रेग्मीका अनुसार रश्मी विश्वकर्मा भन्ने सन्जु पौडेलीले आफूलाई अन्तराष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेकी थिइन् ।उनले विगत २ वर्षदेखि ठगी गरिरहेको पाइएको एसपी रेग्मीले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १३ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ
वैदेशिक रोजगारका नाममा ठगी गरेको अभियोगमा तीन पक्राउ
लिथुआनिया पठाउने भन्दै ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ