काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका सांसद विनोद चौधरीको बयान लिने तयारी गरेको छ ।बाँसबारी छालाजुत्ता कारखानाको जग्गा अनियमितता गरी निजी कम्पनीको नाममा दर्ता भएको प्रारम्भिक निष्कर्षपछि आयोगले सांसद चौधरीको बयान लिने तयारी गरेको हो ।
अख्तियारले शुरुमा विनोदसँगै उनका भाइ अरुण चौधरीसँग समेत बयान लिने गरी तयारी थालेको हो ।
‘बाँसबारीको जग्गा गैरकानूनी ढंगले व्यक्ति (निजी कम्पनी)का नाममा दर्ता भएको र त्यो काममा बाँसबारीका तत्कालीन पदाधिकारी सहित चौधरी परिवारका कतिपयको भूमिका रहेको हाम्रो अनुसन्धानबाट देखियो, पत्र पठाउने योजना बनिसकेको छ’ अख्तियार उच्च स्रोतले भन्यो, ‘यो साताभित्रमा हामीले उहाँलाई बोलाउने तयारी गरेका छौं ।
विनोद र अरुण चौधरीको शुरुमै बयान लिने योजना बनेको छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १२ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गण्डक परियोजनासम्बन्धि भारतसँग भएका सम्झौता कार्यान्वयनका लागि पहल गर्न माग
उखुको समर्थन मूल्य छिटो तोक्न र मलको कोटा बढाउन सांसद विनोद चौधरीको माग
ममाथि प्रतिशोध साधेर स्टन्टको राजनीति गर्न खोजियो : विनोद चौधरी
राजनीतिक भाषणमा होइन, विकासको राजनीतिमा विश्वास गर्छु : विनोद चौधरी
विनोद चौधरीको बयान : सञ्चालक समितिले गरेको निर्णयमा हाम्रो परिवारको भूमिका छैन
बयानपछि विनोद चौधरीले भने- स्टन्ट गर्नेहरूलाई मैले चरित्रको सर्टिफिकेट देखाउनु पर्दैन