ग्रामीण विकास लघुवित्त टाँडीका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १५ : २२
ग्रामीण विकास लघुवित्त टाँडीका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा साविकको मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवनका वरिष्ठ फिल्ड सहायक अधिकारीविरुद्ध शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बैंकका कर्मचारीले किर्ते सदस्य बनाई विनाधितो कर्जा दिएको, ऋणीबाट असुली भएको सावा तथा ब्याज रकम असुली नदेखाइ जग्गा खरिद गरेको लगायतका विषयमा आयोगमा उजुरी परेको थियो ।

प्रतिक्रिया दिनुहोस