काठमाडौं। नेकपा माओवादी केन्द्रले पार्टीका केही नेताहरूको जिम्मेवारी हेरफेर गरेको छ ।पार्टीका महासचिव देव गुरुङका अनुसार केन्द्रीय सदस्य गोविन्द आचार्यलाई विशेष प्रदेश समिति र सन्तोष विष्टलाई बागमती प्रदेशबाट सम्पर्क समन्वय प्रदेशमा केन्द्रीय सदस्यको जिम्मेवारी दिइएको छ ।
यस्तै, वैकल्पिक केन्द्रीय सदस्य मनऋषि धिताललाई सम्पर्क समन्वय प्रदेश समितिमा जिम्मेवारी ठोस गरिएको माओवादी केन्द्रले जनाएको छ ।
यसैगरी गण्डकी प्रदेश सचिवालय सदस्य निराजन कुँवरलाई सम्पर्क समन्वय प्रदेशमा सरुवा गरिएको छ भने प्रवास समिति सदस्य सदस्य हर्कबहादुर थापालाई गण्डकी प्रदेशमा सरुवा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १५ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने माओवादी केन्द्रको तयारी
बोटे समुदायको विकासका निम्ति राज्यले सोच्नुपर्छ : प्रचण्ड
माओवादी केन्द्रीय समिति बैठकमा करिब २५ लाख खर्च हुने अनुमान
प्रचण्डले बोलाए पदाधिकारी बैठक
नेपालले क्षेत्रीय ऊर्जा साझेदारीलाई सुदृढ बनाइरहेको छ : माधव सापकोटा
स्थानीय उपनिर्वाचन अघि माओवादी केन्द्रीय समिति बैठक नबस्ने