बुटवल। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा बधाई दिएका छन् ।प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीमा स्वागत गर्न पुगेका मुख्यमन्त्री महरालाई उनले भेटेरै बधाई दिएका हुन् ।
चैत १७ गतेदेखि लुम्बिनी चलिरहेको विराट चक्र विज्ञान ध्यान शिविरमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार लुम्बिनी आएका हुन् ।सो अवसरमा दाहालले महरालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएको महराका स्वकीय सचिव भरत नेपालीले जानकारी दिए ।
मुख्यमन्त्री महराको शपथ ग्रहण आइतवार दिउँसो १ बजेलाई राखिएको छ । महरा शुक्रवार मुख्यमन्त्री नियुक्त भएका हुन् ।मुख्यमन्त्री महराले प्रधानमन्त्री प्रचण्डको स्वकीय सचिव भएर करिब ९ वर्ष काम गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कानून दिवसको अवसरमा सर्वोच्चमा चियापान, राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्ड सहभागी
सुनकोशी-मरिण डाइभर्सन कार्यान्वयनमा आएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने प्रधानमन्त्रीको विश्वास
आगामी आर्थिक वर्षको बजेट नयाँ ढङ्गबाट आउँछ : प्रधानमन्त्री प्रचण्ड
जसपा फुटाउन मेरो कुनै भूमिका छैन : प्रधानमन्त्री प्रचण्ड
रुसी सेनामा आबद्ध नेपाली फिर्ता ल्याउन उच्चस्तरमा कूटनीतिक पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड
बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटे उपेन्द्र यादवले