काठमाडौ । कारागारका थुनुवालाई छुटाउने भन्दै ठगेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको सिद्धलेक गाउँपालिका घर भएर कपन बस्ने शिशिर कुमार भट्ट छन् ।
३७ वर्षीय भट्टलाई काठमाडौंको माइतीघरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
बैंकिङ कसुर र बैदेशिक रोजगार मुद्दामा उच्च अदालतको आदेशले डिल्लीबजारमा रहेका अभियुक्तलाई छुटाउँछु भनेर भट्टले ९ लाख ८० हजार ठगी गरेको प्रहरीको भनाइ छ । प्रहरीले यसबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ चैत्र २०८०, ०७ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारागारभित्रै सीप सिकेर कमाउँछन् कैदीबन्दीहरू
रवि लामिछाने भैरहवा कारागार चलान
चितवन कारागारमा एक सय पचासभन्दा बढी दीर्घरोगी
कारागारका कैदीबन्दी आयआर्जनमा
दार्चुला कारागारमा क्षमताभन्दा दोब्बर बढी कैदीबन्दी
क्षमताभन्दा तीन गुणा बढी कैदी बन्दी