काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गरेकी छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै भट्टराईले पर्यटन ऐन, २०३० लाई तत्काल अद्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिएकी हुन् ।
सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको सङ्ख्या २५ लाख २२ हजार पुर्याउने लक्ष्य पूरा हुने गरी काम गर्न पनि सरकारलाई सचेत गराइन् ।
उनले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुने गरी काम गर्न पनि आग्रह गरिन् ।सांसद भट्टराईले भने, ‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्यौँ । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ ।
पर्यटन उद्योगले निर्यात बस्तुको ३८ प्रतिशत र गैर उद्योग सेवाहरूको कूल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झण्डै ४ प्रतिशत योगदान पुर्याउँछ ।
नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ । पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको सङ्ख्या २५ लाख २२ हजार पुग्ने तथा जीडीपीमा नौ प्रतिशत भन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ ।
पर्यटन विकासको खाका समेत तय गरेको छ । तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौँ । हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, १३ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने समयसीमा केही पर धकेलौं: विद्या भट्टराई
उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही होस् : सांसद भट्टराई